Type to search

News समाचार

शिखर साकोसले आफ्नो स्थापना दिवस मनायो

Share

सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस मनाएको छ। संस्थाले शनिवार आफ्नो रामघाटस्थित कार्यालयमा आफ्नो २३ औं स्थापना दिवस मनाएको हो। 

सुर्खेत जिल्लाको पूर्वी क्षेत्रको सहकारी अभियानमा आफ्नो छुट्टै अस्तित्व कायम गर्न सफल शिखर साकोसले १९२ जनाको भौतिक उपस्थितीमा आफ्नो स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सल्लाकारहरु, विभिन्न वडाका जनप्रतिनिधिहरु, नेफ्स्कूनका प्रतिनिधि, सेवा केन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, विभिन्न छाता संघका प्रतिनिधिहरू, विभिन्न उप समितिका सदस्यहरु, विभिन्न विधामा सम्मानित तथा पुरस्कृत हुनुहुने शेयर सदस्यहरु, बाल बचतकर्ताहरु तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

संस्थाले विभिन्न ६ वटा विधामा जम्मा ४८ जना सदस्यहरु र उत्कृष्ट हुने २ वटा समुहलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरी हर्षउल्लासपूर्ण तरिकाले स्थापना दिवस सम्पन्न गरेको संस्थाका सुचना अधिकारी खड्क बहादुर शाहीले जानकारी दिए । कार्यक्रममा चालु आर्थिक वर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धि तथा क्रियाकलापहरूको बारेमा संस्थाका व्यवस्थापक  यामलाल खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा भेरीगंगा नगरपालिकाका नगर प्रमुख भूपेन्द्र बहादुर चन्दले सहकारी अभियानमा शिखर साकोसले खेलेको भूमिकाको प्रशंसा गरे। संस्थाका अध्यक्ष भूपेन्द्र बहादुर सिंहले संस्थालाई यहाँ सम्म पु¥याउनका लागि अथक मेहनत र प्रयास गर्ने सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा संस्थालाई थप विश्वासिलो र दिगो रुपमा स्थापित गर्नका लागि सबैको रचनात्मक सुझाव र सल्लाहको आवश्यकता पर्ने बताए। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *