Type to search

समाचार

शिखर साकोसले वेबसाइट सञ्चालनमा ल्यायो

Share

सुर्खेत। पूर्वी सुर्खेतको अग्रणी सहकारी संस्था शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ। शनिबारदेखि संस्थाको मुख्य कार्यालय रामघाट सुर्खेतमा शुरु गरिएको चार वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा तथा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको अवसर पारेर वेबसाइट सञ्चालनमा ल्याईएको हो।

संस्थाले आफ्नो आधिकारिक वेबसाइटका रुपमाhttps://shikharsaccos.org/ सञ्चालनमा ल्याएको छ।

संस्थालाई प्रविधि मैत्री बनाउँदै लैजाने उद्देश्य अनुरूप यस वर्षदेखि संस्थाको वेबसाइट सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले बताए। वेबसाइट सञ्चालनमा आएसँगै संस्थाका बारेमा विश्वका कुनैपनि स्थानबाट जानकारी लिन सहज हुने सिंहले विश्वास व्यक्त गरे।

संस्थाका व्यवस्थापक यामलाल खत्रीले संस्थाका सदस्यहरू र सेवाग्राहीले अब आवश्यक सूचना वेबसाइटबाटै लिनसक्ने जानकारी दिए। संस्थाको वेबसाइट चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले निर्माण गरेको हो।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरू, विभिन्न उपसमितिहरू, छाता सङ्गठनका प्रतिनिधिहरू, व्यवस्थापन पक्षका विभागीय प्रमुखहरू लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम भेरीगङ्गा नगरपालिका वडा नं.११ का वडाध्यक्ष एवं संस्थाका सल्लाहकार तिलकराम डाँगीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको हो।

शनिबारबाट शुरु भई असार २९ गते सम्पन्न हुने गोष्ठीले आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको चार वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा तथा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नेछ।

२०७७ असार २७ गते शनिबार न्यूजपाटी डटकममा प्रकाशित

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *