Type to search

समाचार

विपद कोषमा शिखर साकोसको नगद सहयोग

Share

सुर्खेत। विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि शिखर साकोस रामघाटले नगद सहयोग गरेको छ। कोभिड–१९ नियन्त्रणका लागि शिखरले भेरीगङ्गा नगरपालिका र लेकबेसी नगरपालिकाको विपद कोषमा नगद सहयोग गरेको हो।

शिखरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्र रहेको भेरीगङ्गा नगरपालिका र लेकबेसी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा क्रमशः ३५ हजार र १५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ।

सहयोग रकम वापतको चेक ग्रहण गर्दै भेरीगङ्गा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले रहेका संघ संस्थाहरूको सहयोगबाट कोरोनाविरुद्धको अभियानमा सहयोग पुग्नका साथै प्रभावित जनसमुदायमा राहत प्रदान गर्न मद्दत पुग्ने बताए। चन्दले सङ्कटका बेला सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा शिखर साकोसप्रति आभार व्यक्त गरे।

त्यसैगरी, संस्थाले यस अघि ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर देश बन्दाबन्दीको अवस्थामा रहेका बेला दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवन निर्वाह गरिरहेका अति प्रभावित २१ जना सदस्यहरूलाई पहिलो चरणमा खाद्य सामग्री प्रदान गरेको थियो। संस्थाले कार्यालयमा कामको सिलसिलामा आउने सदस्यहरूलाई २०० थान मास्क समेत वितरण गरिसकेको छ।

कोभिड–१९ सङ्कटको विषम परिस्थितिमा स्थानीय सरकार र सदस्यहरूसँग थोरै मात्रामा भए पनि सुख दुःखमा हातेमालो गर्ने उद्देश्यले सहयोग र राहतका कार्यक्रम अघि सारेको संस्थाले जनाएको छ। आगामी दिनमा यस्ता किसिमका प्रकोप÷विपद्बाट प्रभावित हुनसक्ने मानव समुदायलाई सहयोग गर्नका लागी संस्थामा विपद् व्यवस्थापन कोष खडा गरी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले बताए।

Tags:

Leave a Comment

Your email address will not be published. Required fields are marked *