Type to search

अध्यक्षको सन्देश

अध्यक्षको सन्देश

Share

आदरणीय शेयर सदस्य तथा शुभेच्छुक महानुभावहरु,

 नेपालमा दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी अभियान अगाडी बढिरहेको र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउन सहकारी क्षेत्रको भूमिकालाई नेपालको संविधानले समेत सम्वोधन गरेको छ ।

“हाम्रो शिखर, हाम्रो गौरव” को नारालाई आत्मसात् गर्दै व्यक्तिहरुको स्वेच्छिक सहभागिताबाट समुदायमा छरिएर रहेको स्थानिय स्रोत, साधन र पूँजीलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता र क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा शिखर साकोसको अभियानले दुई दशकको यात्रा पार गरिसकेको छ ।

वर्तमान अवस्थामा संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अवलम्बन गरिंदै आएका सहकारी पद्धति र आचरण अनुरुप संस्थाको गुणस्तर सुनिश्चितता कायम गर्नु अनिवार्य शर्त रहेको छ । संस्थालाई वित्तियरुपमा स्वस्थ तथा सुरक्षित राखी सदस्यमैत्री प्रतिस्पर्धात्मक सेवा प्रवाह गर्न र संस्थाको योजनाबद्ध विकास तथा व्यावसायिक सेवा प्रवाह गर्ने सवालमा हामी निरन्तर लागिरहेका छौं जसको परिणामस्वरुप संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि सहकारी विभागको सहकार्यमा नेफ्स्कूनबाट प्रोवेसन कार्यक्रम अन्तर्गत ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।

समय परिवर्तनशील छ । परिवर्तित समयले संस्थामा समेत विभिन्न परिवर्तनको आवश्यक्ता सिर्जना गरिरहेको छ । ती आवश्यक्ता बमोजिम कार्यसम्पादन गर्न संस्थामा संलग्न मानव संशाधनले प्रचलित ऐन नियमको पूर्ण परिपालना गर्दै संस्थाको विनियम, नीति, निर्देशिका, कार्यविधीहरु समयानुकूल र सदस्यमैत्री हुनेगरी अद्यावधिक भई कार्यान्वयनमा आइरहेका छन् ।

संस्थामा विद्युतीय सुशासन कायम गरी संस्थालाई सबल, सक्षम र प्रभावकारी बनाउन सूचना व्यवस्थापन प्रणालीको पूर्ण उपयोग गर्दै वित्तिय कारोवार, सूचना तथा सेवा प्राप्ति र अन्य गतिविधीहरुका साथै संस्थाका उत्पादन तथा सेवाहरुमा सबै शेयर सदस्यहरुको पहुँचलाई अभिवृद्धि गर्न संस्थालाई प्रविधीमैत्री बनाउने प्रयास क्रमिकरुपमा भइरहेको छ ।

संस्थाका पूर्व सञ्चालकहरुले यस संस्थाको संस्थागत विकासका लागि अवलम्बन गरेको मार्गलाई पछ्याउँदै सहकार्य र एकताको भावनाबाट सदैव अभिप्रेरित रही शेयर सदस्यहरुको बृहत्तर हित र संस्थाको गुणात्मक विकासमा प्रणाली र प्रतिफलको मान्यतालाई समेत ख्याल गर्दै शिखर साकोसको सहकारी अभियानमा सम्बन्धित सबैको ऐक्यबद्धता रहिरहने आशा एवम् विश्वास लिएको छु ।

जय शिखर !! जय सहकारी !!!

भुपेन्द्र बहादुर सिंह

अध्यक्ष

Leave a Comment

Your email address will not be published. Required fields are marked *