Type to search

शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋण कारोवार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०५७ साल पौष १७ गते स्थापना र २०५८ साल मंसिर १५ गते दर्ता नंं. २२५(११) ०५८/०५९ भई जिल्ला सहकारी कार्यालय बांकेमा विधिवत दर्ता भएको हो । यस संस्थाले साविक छिन्चु, कल्याण, मैनतडा, दशरथपुर (हाल भेरीगंगा न.पा.का ४ देखि १३ नं. वडा र लेकबेशी न.पा.का वार्ड नं.३,४,६र ७ नं.वडाहरू) गा.बि.स.हरूलाई आफ्नो कार्यक्षेत्र बिस्तार गरी सेवा प्रवाह गर्दै आएको छ । हालसम्म २४८० महिला, १४६६ पुरुष र ४९ वटा संस्थाहरु गरी जम्मा ३९९५ जना सदस्यहरुलाई सेवा प्रवाह गदै आएको छ । संस्थाले करिब दुई दशक देखी यस क्षेत्रमा गुणस्तरीय आर्थिक तथा सामाजिक कार्य गदै अगाडी बढेकोमा हाल सहकारी विभाग र नेफ्स्कून को साझेदारीमा २०७६ पौष ३ गते नेपाल स्तरको गुणस्तर चिन्ह (प्रोवेशन) प्राप्त गरीसकेको छ । यो सहकारी संस्था सहकारी सञ्जालमा जोडिनका लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक लि., जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि.मा आवद्ध रहेको छ ।

सम्पर्कः
भेरीगंगा-११, रामघाट सुर्खेत
कर्णाली प्रदेश, नेपाल
फोन नं. ९८५८०७५९३६

सेवा केन्द्र
भेरीगंगा-१२, छिञ्चु, सुर्खेत
फोन न. ०८३-५४०३३०

सूचना अधिकारी

खड्क बहादुर शाही
९८५८०७५९३६
९८४८०४७९३६
ईमेलः [email protected]

© 2020 Shikhar SACCOS. All rights reserved.